काठमाडौँ । सहकारीको बचत रहम हिनामिनाबारे छानबिन गर्न सत्तारूढ र प्रमुख प्रतिपक्षी दल सहमत भएका छन् ।
प्रधानमन्त्रीको सरकारुी निवास बालुवाटारमा शनिवार बसेको सत्तारूढ मूख्य तीन दल र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरूको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता रमेश लेखकले जानकारी दिनुभयो ।
समितिको कार्यादेशबारे भने थप छलफल गरेर टुंगोमा पुग्ने सहमति भएको उहाँले बताउनुभयो । यसका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा कांग्रेसबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल सदस्य रहनुभएको छ ।
समितिले भोलीबाटै छलफल गरि टुंगोमा पुग्ने नेताहरुले बताएका छन् । सहमतिसँगै प्रतिनिधिसभामा कांग्रेसले गर्दै आएको अवरोध हट्ने भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१, १९:५०