काठमाडौं । ‘पर्या पर्यटन प्रबद्र्धनका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ गएको सोमबार, जुलाई २९ मा नवौं अन्तराष्ट्रिय बाघ दिवस मनाइयो ।
बाघ दिवसको अवसरमा बाँके, चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विभिन्न कार्यक्रम भए । वर्षभरी खासै चर्चा नहुने बाघको दिवसका सन्दर्भमा भने खुब चर्चा भयो ।
विभिन्न एंगलमा समाचार र फिचरहरु लेखिए । बाघ संरक्षण किन जरुरी छ ? भन्ने विषयमा बहस पनि भयो । यो रिपोर्टमा भने हामी बाघसँग सम्बन्धीत केही रोचक जानकारी प्रस्तुत गर्दैछौं ।
पछिल्लो १० वर्षमा लोपउन्मुख पाटेबाघको संख्या एकसय २१ बाट बढेर २ सय ३५ पुगेको छ ।
पछिल्लो १० वर्षमा लोपउन्मुख पाटेबाघको संख्या एकसय २१ बाट बढेर २ सय ३५ पुगेको छ ।
बाघ गणना गर्दा वयस्क बाघ मात्रै गणना गर्ने गरिन्छ । एउटा बाघ घटीमा १८ देखि बढिमा २५ वर्षसम्म बाँच्छ । जन्मेको साढे २ वर्षसम्म बाघको बच्चा आमासँगै बस्छ ।
३ वर्षदेखि १५ वर्ष सम्मको उमेर बाघका लागि प्रजनन्को उपयुक्त उमेर हो । एउटा बाघले आफ्नो जीवनकालमा ३ देखि ५ पटकसम्म बच्चा जन्माउन सक्छ । एकपटकमा बाघले बढिमा ४ वटासम्म बच्चा जन्माएको छ ।
देशका १२ राष्ट्रिय निकुञ्जमध्ये तराईका ५ राष्ट्रिय निकुञ्जमा मात्रै बाघ पाइन्छ । पूर्वमा पर्सादेखि पञ्चिममा शुक्लाफाँटासम्म बाघका लागि बस्न उपयुक्त वातावरण छ ।
पछिल्लो समय बढ्दै गएको वन विनाशले अन्य वन्यजन्तुजस्तै बाघको बासस्थानमा पनि असर गरेको छ । ग्लोबल टाइगर फोरमको तथ्याङ्क अनुसार करिब सय वर्षअघि पृथ्वीमा एक लाखभन्दा बढी बाघ थिए । तर, अहिले पृथ्वीमा ३२ सयको हाराहारीमा मात्रै बाघ रहेका छन् ।
देशका १२ राष्ट्रिय निकुञ्जमध्ये तराईका ५ राष्ट्रिय निकुञ्जमा मात्रै बाघ पाइन्छ ।
बाघ घट्दै जानुले पर्यापर्यटनमा असर पर्ने चिन्ता थपिएको छ । बाघ घट्दै जादा जंगलमा शाकाहारी जनावर बढ्दै जान्छन् । यसबाट बन जङ्गल मासिने डर हुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद् हरिभद्र आचार्यका अनुसार बाघको संरक्षण गर्नु भनेको मृग प्रजातिलाई नियन्त्रण गर्नु हो ।
सम्पूर्ण पारिस्थितिक प्रणालीका लागि पृथ्वीका हरेक एक जीवको उत्तिकै महत्व छ । यदि बाघ नहुने हो भने मृग प्रजातिलाई नियन्त्रण गर्न कठिन हुने संरक्षणविद्हरु बताउँछन् ।
बाघले जुनसुकै बेला मानिसलाई आक्रमण गर्दैन । अहिलेसम्मको घटना हेर्दा या त घाँस काट्ने, या वनमा साग/तरकारी टिप्न जाने मानिस बढी आक्रमणमा परेका छन् ।
बाघले सबैभन्दा बढि मन पराउने आहार चारखुट्टे जीव, त्यसमा पनि मृग प्रजाति हो । निहुरिएर काम गरिहेका मानिसलाई मृग प्रजाति ठानेर बाघले आक्रमण गरेको हुनसक्ने विज्ञ बताउँछन् ।
बाघले जुनसुकै बेला मानिसलाई आक्रमण गर्दैन । अहिलेसम्मको घटना हेर्दा या त घाँस काट्ने, या वनमा साग/तरकारी टिप्न जाने मानिस बढी आक्रमणमा परेका छन् ।
यदी बाघसँग मानिसको जम्काभेट भयो भने या त वृद्ध बाघले आफ्नो आहार व्यवस्थापन गर्न नसकेमा पनि बस्ती नजिक जाने र मानिहरुलाई आक्रमण गर्ने गरेको देखिएको छ ।
पर्यावरणविद् आचार्यले भन्नुभयो, ‘बाघको उमेर बढ्दै गएपछि यसले टाढा टाढा गएर आफ्नो आहारा व्यवस्थापन गर्न सक्दैन, उसले मन पराउने आहारा मृग प्रजाति छिटो दौडिने हुनाले बुढो बाघले उसलाई भेट्न सक्दैन र उसले अरु आहारा जोह गर्न थाल्छ ।’
मानिससँग द्धन्द्ध भएर मरेका बाघको मात्रै तथ्यांक राखिन्छ । अन्य कारणले मरेका बाघको खोजि गरिंदैन । बाघलाई सबैभन्दा मनपर्ने आहारा मासु, त्यसमा पनि मृग प्रजाति ।
एउटा ठूलो जरायो शिकार गर्यो भने बाघलाई दुईहप्ता सम्मलाई आहारा पुग्छ । यसले एकपटकमा थोरै खान्छ र आफ्नो आहारा सुरक्षित राखेर पटक पटक खान्छ ।
बाघलाई अत्यधिक गर्मीमा शरीर चिसो बनाउन र अन्य बेला खानका लागि पानी चाहिन्छ । बिरालोले जस्तै बाघले पानी चाटेर खान्छ । एकपटकमा थोरै खाएपनि बाघलाई पटक पटक पानी चाहिन्छ।
गत वर्ष सार्वजनिक पछिल्लो तथ्याक अनुसार पर्सामा १७, चितवनमा ९५, बर्दियामा ८७, बांकेमा २९ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ गरी २ सय ३५ बाघ छन् ।
पर्यटन प्रबद्र्धनका लागि पनि बाघ संरक्षण गर्नुपर्ने संरक्षणविद्हरु बताउँछन् । नेपाल आउने पर्यटकमध्ये करिब ६० प्रतिशत निकुञ्ज घुम्न जाने तथ्यांक छ । पर्यटकको पहिलो रोजाईमा बाघ पर्ने गर्छ ।
नेपाल बाहेक बंगलादेश, भुटान, कम्बोडिया, भारत, म्यानमार लगाएत १३ देशमा मात्रै बाघ पाइन्छ । नेपालमा प्रत्येक ४/४ वर्षमा बाघ गणना गर्ने गरिन्छ ।
गत वर्ष सार्वजनिक पछिल्लो तथ्याक अनुसार पर्सामा १७, चितवनमा ९५, बर्दियामा ८७, बांकेमा २९ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ गरी २ सय ३५ बाघ छन् ।
यदि कोही व्यक्तिले बाघलाई घाइते बनाए, मारे, यसका कुनै अंगप्रत्यंग छाला, दारा, जुंगा, नङ्ग्रा, ओसारपसार गरे, ब्यापार गरे वा घरमा राखेमा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५ देखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
(राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद् हरिभद्र आचार्यसँगको कुराकानीमा आधारित)
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६, ०८:४९