धनकुटा। सामुदायिक रेडियोकर्मीहरूका लागि क्षमता अभिवृद्धि तालिम धनकुटामा सुरु भएको छ। तालिम सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) प्रदेश समितिको आयोजना र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सुरु भएको हो ।
तालिममा सामुदायिक रेडियोको खस्किँदो अवस्थालाई कसरी उकास्ने, सामुदायिक रेडियोलाई कसरी प्रविधिमैत्री बनाउने, समुदायको अभिरुचिका सामग्री उत्पादन तथा प्रसारण गर्नेलगायत विषयमा छलफल भइरहेको समितिका अध्यक्ष विदुर खवासले जानकारी दिनुभयो । तालिमको सहजीकरण सामुदायिक सूचना नेटवर्क (सीआईएन)का व्यवस्थापक दीपक आचार्यले गरिरहनुभएको छ ।
को उद्घाटन गर्दै प्रदेशसभा सदस्य, पूर्व मन्त्री निरन राईले गणतन्त्र स्थापनाका लागि सामुदायिक रेडियोहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। उनले सामुदायिक रेडियोहरूलाई सहयोग गर्न प्रदेश सरकार र सामुदायिक रेडियोहरूबिच पुलको काम गर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य, पूर्व राज्यमन्त्री, इन्दिरा थापा, अकोराबका केन्द्रीय उपाध्यक्ष वन्दना दनुवार, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता बराइली राई, प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, धनकुटा शाखा अध्यक्ष नगेन्द्र राई, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राई र फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामाले तालिम सफलताको शुभकामना दिनुभएको थियो । तालिम जेठ ८ गतेसम्म चल्ने छ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१, ११:५८