ताप्लेजुङ । तमोर-मेवा जलविद्युत आयोजना १ सय २८ मेघावाटको शिलान्यास गरिएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १ स्थित नाङ्गे पुछार बगरेमा आयोजनाको शिलान्यास गरिएको हो ।
२०५६ सालमै अध्ययन सुरु गरिएको यस आयोजनाको करिब २६ वर्षपछि शिलान्यास भएको हो । तमोर नदी र मेवाखोला दुवैको पानी उपयोग गर्न दुईवटा मुख्य सुरुङ निर्माण गरिने र दुवै सुरुङको लम्बाइ करिब ९ किलो मिटरको हुने स्पार्क हाईड्र्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्र कुमार लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाको कार्य आगामी २०८५ साल असोज २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना कुल २४ अरब ३२ करोडका लागतमा निर्माण सम्पन्न हुने प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले जानकारी दिनुभयो ।
फुङ्लिङ नगरपालिकाको वडा १, २, ३ र ९, मिक्वाखोला गाउँपालिकाको वडा १, २ र ३, मेरिङ्देन गाउँपालिकाको वडा ३ तथा आठराई त्रिवेणी गाउँपालिकाको वडा २, ३ र ५ आयोजनाको अति प्रभावित क्षेत्रमा समेटिएको कम्पनीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१, ०९:३३