काठमाडौँ । हृदयघातका कारण १६ वर्षमा साढे २ हजार जना नेपाली कामदारले विदेशमा ज्यान गुमाएको पाइएको छ ।
आर्थिक वर्ष २०६५/०६६ मा हृदयघातका कारण विदेशमा २३ जना नेपालीको मृत्यु भएकोमा गत आर्थिक वर्षमा १ सय १५ जना नेपाली कामदारको हृदयाघातका कारण मृत्यु भएको बैदेशिक रोजगार बोर्डले जनाएको छ ।
३० देखि ५० वर्ष उमेर समूहका कामदारमा हृदयाघातको कारण हुने मृत्युको जोखिम उच्च रहेको देखिएको बोर्डका सूचना अधिकारी टीकाराम ढकालले सीआईएनसँग बताउनुभयो ।
आर्थिक वर्ष २०७१/०७२ मा सबैभन्दा धेरै ३ सय ५८ जना नेपाली कामदारको विदेशमा ह्यदघातका कारण मृत्यु भएको थियो ।
पछिल्लो समय युवापुस्तामा सूर्तिजन्य पदार्थ र जाँडरक्सी खाने क्रम बढ्दै जाँदा देशभित्रै पनि ह्दयाघातको जोखिम बढ्दै गएको मुटुरोग विशेषज्ञहरुले बताउँदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१, ०९:५०