काठमाडौँ । चालु आर्थिक वर्ष सकिन ४० दिन मात्रै बाँकी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम करिब २० प्रतिशत मात्रै खर्च भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम लागि चालु आर्थिक वर्षमा ५ अर्ब ९४ करोड ६९ लाख विनियोजन गरिएको छ ।
हालसम्म १ अर्ब १८ करोड १७ लाख ५० हजार ५३८ रुपैयाँ खर्च भएको कार्यक्रममा सहसचिव शोभा पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार यो कार्यक्रमबाट हालसम्म ३८ हजार ७ सय १८ जनाले रोजगारी पाएका छन् । यो वर्ष सरकारले ८६ हजारलाई रोजगारी दिने लक्ष्य राखेको छ ।
अझै ४७ हजार २ सय ८२ जनालाई रोजगारी दिनुपर्ने हुन्छ । सीआईएनसँग कुरा गर्दै सहसचिब पोखरेलले अहिले पालिकाहरूमा काम भइरहेको र कतिपयको भुक्तानी हुन बाकीँ रहेकाले लक्ष्य अनुसार काम हुने दाबी गर्नुभयो ।
कार्यक्रममा अनुसार हालसम्म सवै भन्दा धेरै कोशी प्रदेशमा १ सय ३४ वटा परियोजना सम्पन्न भएका छन् । जसमा ५३ सय १६ जनाले ४ लाख १९ हजार १८६ दिन रोजगारी पाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१, १४:५६