काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदमा परेका २ सय ५१ जनलाई क्षतिपूर्तिका लागि सिफारिस गरेको र त्यसको कार्यान्वयनका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै आयोगले स्थापनाकालदेखि नै दलित अधिकार र जातीय भेदभाव तथा छुवाछुतविरुद्धको अधिकारका विषयमा निरन्तर अनुगमन, अध्ययन तथा अनुसन्धान र त्यसको प्रतिवेदन सार्वजनिक गर्दै आएको बताएको छ ।
आयोगमा हालसम्म परेका जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ६१ वटा उजुरीमध्ये आयोगले १७ वटा उजूरीमा सिफारिस गरेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
आयोगले हालसम्म २ सय ५१ जनालाई क्षतिपूर्तिका लागि सिफारिस गरेको छ ।
जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मानव अधिकारको विषयलाई संवेदनशील रुपमा लिई कानून कार्यान्वयनमा जोड दिन आयोगले तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज, सबै धार्मिक संघसंस्था, मानव अधिकारकर्मी तथा आम नागरिकलाई प्रवक्ता पोखरेलले अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१, १६:१७