आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाकाे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानैदेखि लगातार पानी परेपछि मैदान भिजेको थियो । साँझ ७:३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन । बर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् । यससँगै नेपालको २ खेलमा १ अंक भएको छ ।
अर्को चरण प्रवेश गर्न नेपालले दक्षिण अफ्रिका र बंगलादेशलाई हराउनुपर्नेछ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।
बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना रहनेछ ।
यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २-२ अंक छ । नेपालले अब शुक्रबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ । यी खेलहरू वेस्ट इन्डिजमा हुनेछन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१