काठमाडौं ।
तेह्रथुमको छथर गाउँपालिकाका भुवन सिंह कार्की कृषि पेशामा हुुनुहुन्छ । छथर सुख्खा क्षेत्र भएकाले सिँचाई सुविधा छैन । तर कार्कीले आकाशे पानीको प्रयोग गरेर खेती गर्दै आउनु भएको छ ।
झन्डै १५ वर्ष भयो, उहाँ आकाशे पानी कै प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गरिरहनुुभएको छ । तेह्रथुम मात्रै होइन पाँचथर, ताप्लेजुङ, दाङ, लगायतका जिल्लामा पनि आकाशे पानी संकलन गरेर सिँचाई गर्ने किसान धेरै छन् ।
सिरहाका जयराम महतो पनि आकाशे पानी परेको बेला खाल्डो वा पोखरी बनाएर पानी जम्मा गर्ने र त्यहि पानीको प्रयोग गरेर कृषि उत्पादनमा प्रयोग गर्ने गर्नुहुन्छ ।
नेपालको कुल भू–भागको १७ लाख ६६ हजार हेक्टर क्षेत्रफल सिँचाई योग्य भएपनि १० लाख हेक्टर क्षेत्रफलमा मात्रै सिँचाई सुविधा पुगेको छ ।
७ लाख हेक्टर जमिन अझै सिँचाईको पर्खाइमा रहेको छ भने ९ लाख हेक्टर जमिनमा आकाशे पानीकै भरमा खेती भइरहेको छ ।
नेपालको कुल भू–भागको १७ लाख ६६ हजार हेक्टर क्षेत्रफल सिँचाई योग्य भएपनि १० लाख हेक्टर क्षेत्रफलमा मात्रै सिँचाई सुविधा पुगेको छ ।
आकाशे पानीलाई संकलन गर्ने र सिँचाईमा प्रयोग गर्नेगरी स्थानीय सरकारले योजना बनाउन थालेका छन् । राष्ट्रिय नगरपालिका संघ नेपालका अध्यक्ष अशोक बेञ्जु आकाशे पानीको प्रयोगबाट सबैलाई खानेपानीको पहुँचमा पुु¥याउन स्थानीय सरकारहरुले विभिन्न कार्यक्रम ल्याएको बताउनुुहुन्छ ।
उहाँले भन्नुुभयो, ‘आकाशे पानीको सङ्कलनका लागि प्लाष्टिक पोखरी वितरण, ठूला साना पोखरी निर्माण लगायतका काम स्थानीय सरकारले गरिरहेका छन् । जसबाट नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग हुुन्छ ।’
बेञ्जुले आकाशे पानीलाई शुद्ध खानेपानीको रुपमा प्रयोग गर्न अत्याधुनिक उपकरणको प्रयोगका लागि पनि स्थानीय सरकारहरुले काम गरिरहेको बताउनुुभयो ।
नेपालमा वर्षेनी औसत १५ सय मिलिलिटर पानी पर्ने गरेको छ । जसमा २० प्रतिशत पानी खेर जाने गरेको तथ्याङ्कले देखाउँछ । आकाशे पानी संकलन गर्न सके धेरै किसानलाई व्यवसायिक खेतिमा आकर्षित गर्न सकिने कृषिविज्ञहरु बताउँछन् ।
भुगोलका कारणले सिँचाई सुविधा पु¥याउन नसकिएको क्षेत्रमा आकाशे पानी संकलन गर्ने र सिँचाईका लागि उपयोग गर्ने सरकारको योजना छ ।
यसकै लागि प्रदेश ५ को सरकारले स्मार्ट कृषि कार्यक्रम शुरु गरेको छ । प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले आकाशे पानी प्रयोगका लागि स्मार्ट कृषि योजना, किसानलाई आकाशे पानी सङ्कलन गर्ने तरिकाबारे तालिमको व्यवस्था गरिएको बताउनुभयो ।
नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश भनिन्छ । तर व्यवसायिक कृषिका लागि धेरै किसानले सिँचाई सुविधा पाउन सकेका छैनन् । भुगोलका कारणले सिँचाई सुविधा पु¥याउन नसकिएको क्षेत्रमा आकाशे पानी संकलन गर्ने र सिँचाईका लागि उपयोग गर्ने सरकारको योजना छ ।
आकाशे पानीको प्रयोगबाट बेमौसमी खेती गर्न सकिन्छ । संघीय सरकार, आकाशे पानीको प्रयोगका लागि विशेष योजना र नीतिगत परिवर्तन गर्ने तयारीमा छ ।
जलस्रोत, उर्जा तथा सिँचाई मन्त्री वर्षमान पुनले नेपालमा खेर गइरहेको पानीको सङ्कलन गरेर विद्युत उत्पादन, खानेपानी र सिँचाईका लागि केही नयाँ नीति र कार्यक्रमको आवश्यकता भएकाले त्यसमा सरकारले काम गरिरहेको जानकारी दिनुुभयो ।
संघीय सरकार, आकाशे पानीको प्रयोगका लागि विशेष योजना र नीतिगत परिवर्तन गर्ने तयारीमा छ ।
उहाँले भन्नुुभयो, ‘नेपालमा भएको पानीको स्रोत र आकाशे पानीको प्रयोगमा चाहिने नयाँ प्रविधि सहितको कार्यक्रम ल्याउन विज्ञहरुसँग छलफल भइरहेको छ । र तीन तहकै सरकार समन्वय गरेर अघि बढ्नेछौं ।’
मन्त्री पुनले आकाशे पानी सङ्कलनका लागि ठूला आयोजना निर्माण, बन्दै गरेका आयोजना समयमै सम्पन्न गर्ने, ताल तलाउ निर्माण गर्ने जस्ता कामहरु पनि भइरहेको बताउनुभयो ।
अहिले पनि सुख्खा क्षेत्रमा आकाशे पानी संकलन गर्ने र पिउन तथा अन्य काममा प्रयोग गर्ने गरिन्छ । ठूलो परिमाणमा आकाशे पानी संकलन गर्न सके ठुलै क्षेत्रमा व्यवसायिक खेती गरी किसानको आम्दानी बढाउन सकिने कृषि विज्ञहरुको सुझाव छ ।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६, ०७:३९