काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले मनसुन सुरु भइसकेकाले विपद्को जोखिम कम गर्न थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पछिल्ला १० वर्षमा मनसुनजन्य विपद्को घटनाबाट ३ हजार ५२ जनाको मृत्यु भएको तथा ७ सय ९१ जना हराइरहेका भन्दै आयोगले विपद्को जोखिम न्यूनीकरणमा थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको हो ।
देशभर मनसुन प्रारम्भ भएसँगै यस वर्ष औसतभन्दा बढी वर्षा हुने र १८ लाखभन्दा नागरिक प्रभावित हुने सरकारको आङ्कलनबाट नागरिकमा पर्न सक्ने जोखिमप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगले मनसुनजन्य विपद्को न्यूनीकरण, पूर्व तयारी, प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकायहरू र नेपाल रेडक्रस सोसाइटीका अधिकारीहरूसँग परामर्श गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८१, १७:५२