काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने बताउनुभएको छ ।
काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रममा उहाँले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको भन्दै पूरै अवधि काम गर्ने दाबी गर्नुभएको हो । सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको भन्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति बनेको दाबी गर्नुभयो ।
सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति काम गर्ने दाबी गर्दै उहाँले सत्तारुढ दलहरूबिच भएको समझदारीलाई इमानदारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्याउनु ।
प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वबाट हटिने हो कि भन्ने नसोची काम गर्न पार्टीका नेता कार्यकर्तालाई पनि निर्देशन दिनुभयो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८१, १७:१३