काठमाडौँ । पछिल्लो ३ घण्टामा चितवनको शक्तिखोर, कल्याणपुर, मकवानपुरको सिलिङ्गे, पर्साको ठोरी र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम रहेको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।
भारी वर्षा मापन भएका कारण रिउ खोला र सो क्षेत्र भइ बहने स-साना नदीहरुको बहाव बढ्ने हुँदा तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा दिउँसोसम्म सतर्कता अपनाउन केन्द्रले भनेको छ ।
उदयपुर जिल्लास्थित त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।
जल सतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८१, ०७:४३