टोपलाल अर्याल
गुल्मी । गएराति लगातारको वर्षापछि झरेको पहिरोका कारण गुल्मीमा मालिका गाउँपालिका–६ अर्जेका ५५ वर्षीय भेषबहादुर विकसहितका पाँच जनाको मृत्यु भएको छ ।
रातिदेखि पहिरोमा वेपत्ता भेषबहादुरसहित श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको शव स्थानीय र सुरक्षाकर्मीले बिहान निकालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नीरिक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो ।
पहिरोकै कारण तीन घर उच्च जोखिममा परेका छन् । लगातारको वर्षातले मालिकासहित इस्मा र मुसिकोट गरेर तीन स्थानीय तहको जनजीवन अस्तव्यस्त बनेको छ ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८१, १३:४३