काठमाडौं । धरानका कृष्ण केसी पर्यटकलाई धरानका बिभिन्न पर्यटकिय स्थल घुमाउन साईकलको प्रयोग गर्नुहुन्छ । उहाँ एक्लैले थाल्नुभएको यो व्यवसायमा अहिले धरानका करिब १५ जना युवा संलग्न छन् । ३ बर्ष अघि सुरु भएको साईकलबाट पर्यटक घुमाउने ब्यवसाय अहिले आकर्षकको केन्द्र बनेको छ । व्यवसायमा लागेकाहरुले अहिलेसम्म आन्तरिक र बाह्य गरि करिब ३ हजार पर्यटक साईकलमा धरान घुमिसकेका छन् भने झण्डै २ लाख आम्दानी छ ।
बारा निजगढका डाक्टर समिर चौधरी अहिले साईकलमा मुगुको राराताल पुग्नुभएको छ । आफुसँग गाडि, मोटरसाईकल किन्ने हैसियत भएपनि स्वास्थ्यका लागि सधै साईकल प्रयोग गर्ने चौधरी बताउनँुहुन्छ । गाडि, मोटरसाईकलमा लाग्ने सबै खर्च जोगिनुका साथै अहिलेसम्म आफु पुर्ण रुपमा स्वस्थ्य रहेको भन्दै चौधरी खुसि ब्यक्त गर्नुहुन्छ ।
बिज्ञान तथा प्रबिधि मन्त्रालयले आफ्नो मन्त्रालयले किन्न पाउने एउटा गाडि र दुईटा मोटरसाईकल बापतको पैसाले ७९ ओटा साईकल किन्ने योजना सहितको प्रस्ताव तीनबर्षअघि मन्त्रीपरिषद्मा पुर्याएको थियो । त्यो योजना भने अलपत्र छ ।
साईकलमा तरकारी, फलफुल, पानी, पत्रिका, दुध, बदाम, चटपटे लगायतका सामाग्री किनबेच गर्नेहरु बाक्लै देखिन्छन । यस्तो ब्यवसायमा पछिल्लो समय महिलाहरुको संलग्नतापनि बढ्दो छ ।
साईकलमा सानो सानो ब्यवसायबाट मनग्य आम्दानी गर्नेहरुको पनि कमि छैन । धादिङ्का बासु खड्काले १५ बर्षअघि साईकलमा थाल्नुभएको तरकारी बेच्ने ब्यवसायबाट अहिले दुईजना छोराछोरीलाई बिदेश पढ्न पठाउनुभएको छ भने काठमाण्डौमा घर बनाईसक्नु भयो ।
साईकलमा तरकारी, फलफुल, पानी, पत्रिका, दुध, बदाम, चटपटे लगायतका सामाग्री किनबेच गर्नेहरु बाक्लै देखिन्छन । यस्तो ब्यवसायमा पछिल्लो समय महिलाहरुको संलग्नतापनि बढ्दो छ । श्रीमान्ले दोस्रो बिवाह गरेपछि साईकलमा तरकारी बेच्न थाल्नुभएकी काभ्रेकी सुष्मा आचार्यले यहि ब्यवसायबाट १३ बर्षको अन्तरालमा १७ लाख आम्दानी गरिसक्नुभयो । उहासँग अरु सफलता पनि छन् ।
नेदरल्याण्डका प्रधानमन्त्रि दिनहुँ साईकलको प्रयोगबाट कार्यालय आवातजावत गर्ने त्यहाँका पत्रपत्रिकाले जनाएका छन् । डेन्मार्क, स्पेन, जर्मनि, बेलायत स्विडेन जस्ता देस साईकलको प्रयोग बढाउन लागि परेका छन् । नेपालले आफ्नो आयातको २० प्रतिशत अथवा सबैभन्दा बढी खर्च पेट्रोलियम पदार्थको आयातमा गर्छ ।
नेपालमा बर्षो अघिदेखि साईकलमा ब्यापार ब्यवसाय गर्नेहरुको पनि कमि छैन । हेर्दा सानो जस्तो लाग्ने साईकल र यसबाट गरिने ब्यवसायका कारण पछिल्लो समय केहि नागरीकहरुलाई समृद्धितर्फ पुर्याईरहेको छ ।
बढ्दो प्रदूषण र ट्राफिक जाम कम गर्न साइकल उपयोगी छ । विश्वका विभिन्न सहर यस सम्बन्धी रणनीति बनाएर अगाडि बढिरहेका छन् । स्वास्थ्य समस्या कम गर्न र सहरिया जीवनको आनन्द लिन साइकल चढिन्छ । कम खर्चिलो पनि छ । नेपाल सरकारले भने अझै ध्यान दिन सकेको छैन । मुख्इ शहरमा १० किलोमिटर वरपरबाट कार्यालय आउने–जानेले साइकल प्रयोग गर्ने हो भने मात्रै पनि राष्ट्रिय अर्थतन्त्रमा ठूलो फाइदा हुने जानकारहरू बताउँछन्।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५, ०७:११