स्पेन १२ वर्षपछि युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । जर्मनीको म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २–१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुगेको हो ।
स्पेन २०१२ को यूरो कप विजेता टोली हो ।
रान्डाल कपको मुआनीको गोलमा फ्रान्सले नवौँ मिनेटमै अग्रता लिएको खेलमा स्पेनले २१औँ मिनेटमा लामिन यमालको गोलमा बराबरी गरेको थियो । १६ बर्षे खेलाडी यामल खेलको म्यान अफ दी म्याच समेत हुनुभयो ।
त्यसको ४ मिनेटपछि ड्यानी ओल्मोले गोल थपे । मा स्पेनले अग्रता लियो । जिसस नाभासको क्रस क्लियर भएपछि ओल्मोले गोल गर्नुभएको थियो । दोस्रो हाफमा फ्रान्सले आक्रामक खेले पनि गोल गर्न सकेन ।
उपाधिका लागि स्पेनले बुधबार मध्यराती हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्सको विजेतासँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८१, ०८:१३