काठमाडौँ । एक समारोहमा बोल्दै गर्दा गोली प्रहारबाट घाइते अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प खतरामुक्त रहेको सुरक्षा अधिकारीले बताएका छन् ।
नेपाली समयअनुसार आज बिहान अमेरिकाको पेन्सिलभेनियामा भएको र्यालीपछि आयोजित सभामा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । घाइते ट्रम्पलाई नजिकैको अस्पतालमा लगिएको थियो र चिकित्सकले खतरामुक्त भएको बताएको राष्ट्रपति जो बाइडेनले पत्रकारसँग बताउनुभएको छ । गोली प्रहारको उहाँले निन्दा गर्नुभयो ।
गोली प्रहारमा संग्लग्नको आशङ्का गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको प्रहरी कारबाहीमा मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८१, ०८:४८