काठमाडौँ । प्रदेश नम्बर १ मा लगभग ४६ लाख जनसङ्ख्या छ । जहाँ ८ सय कुइन्टल मासुजन्य पदार्थ उत्पादन हुँदै आएको छ । तर यो अपुग हो । जनसङ्ख्या अनुसारको उत्पादन पुर्याउन कम्तिमा ३ वर्ष लाग्ने प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्र्तगत कृषि तर्फका सचिव हस्तबहादुर विष्टको भनाइ छ ।
सीआईएनसँग कुराकानी गर्दै उहाँले मासुमा आत्मनिर्भर बन्नका लागि मन्त्रालयले विभिन्न कार्यक्रम ल्याइए पनि अझै २ किलो पुर्याउन समय लाग्ने बताउनुभयो ।
मासु उत्पादनको अवस्था अन्य प्रदेशमा पनि उस्तै छ । नेपालमा मासुको बजार बढ्दै गएको छ, तर, उत्पादन भने घट्दै गएको देखिन्छ । कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै मासु उत्पादन हुन्छ । तर पनि कर्णाली मासुमा आत्मनिर्भर भइसकेको छैन ।
कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले मासुमा आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले उन्नत जातका खसी, बोका वितरण गर्ने, आहाराको व्यवस्था गर्ने कार्यक्रम अघि सारेको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गत वर्ष गरेको अध्ययन अनुसार नेपालमा आउदो आर्थिक वर्ष ७७/७८ सम्म मासुको उत्पादन ५४ हजारभन्दा बढी मेट्रिक टन हुनेछ ।
सरकारले चालु आर्थिक वर्षमा मासुमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । नेपालमा वर्षिक प्रतिव्यक्ति १४ किलो मासु आवश्यक हुने सरकारको तथ्याङ्कले देखाएको छ । तर, अहिले सम्म नेपालमा उत्पादन हुने मासु प्रतिव्यक्ति २ किलो अभाव छ ।
माग भने ८० हजारभन्दा बढी मेट्रिक टन पुग्ने छ । यो हिसाबले २४ हजार मेट्रिक टन मासु अपुग हुने देखिन्छ । यो अवस्थामा नेपाललाई मासुमा आत्मनिर्भर बनाउन सकिन्छ ? भन्ने प्रश्नमा पशु सेवा विभागका उप महानिर्देशक सम्झना काफ्लेले तत्कालै मासुमा आत्मनिर्भर हुने सम्भावना नरहेको र यसका लागि केन्द्रलेभन्दा पनि स्थानीय र प्रदेश सरकारले कार्यक्रमहरु गरिराखेको बताउनुभयो ।
उहाँले कृषि सम्बन्धी अधिकार अहिले स्थानीय सरकारलाई बढी दिइएको हुनाले केन्द्रले बजार व्यवस्थापन, आयातित वस्तुभावमा रोक र निर्यात गर्नमा सहज वातावरण बनाउने काम गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।
नेपालमा प्रतिव्यक्ति मासुको खपत बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपालले मासु आयात घटाइ आत्मनिर्भर बन्न कृषि विज्ञ राजेन्द्र देवकोटाले त्यसका लागि सरकारले बाहिरबाट आयात हुने मासुजन्य पदार्थमा रोक लगाउनुपर्ने बताउनुभयो ।
उहाँले जसरी पोल्ट्री क्षेत्रमा सरकारले ध्यान दियो त्यसरी नै अन्य मासुजन्य पदार्थमा विशेष योजना र कार्यक्रम र नीति नै बनाउनुपर्ने सुझाव दिनुभयो ।
वार्षिक मासु खपतलाई आधार मान्दा नेपालमा उत्पादित मासुले मागको ४० प्रतिशत पनि धान्न नसक्ने अवस्था छ । अहिले परीक्षणका लागि भारत र चीनबाट मासुजन्य पदार्थको आयात रोकिए पनि ६० प्रतिशत आपूर्ति विदेशबाटै हुने गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा मासुमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । नेपालमा वर्षिक प्रतिव्यक्ति १४ किलो मासु आवश्यक हुने सरकारको तथ्याङ्कले देखाएको छ ।
तर, अहिले सम्म नेपालमा उत्पादन हुने मासु प्रतिव्यक्ति २ किलो अभाव छ । सरकारको यो गतिको कामले एक वर्षमा मासुमा आत्मनिर्भर बन्न सम्भव भने देखिँदैन ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६, १२:३८