काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद गठन गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ ग्रहण गरेकै दिन उहाँले कांग्रेस, एमाले, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र लाेकतान्त्रिक समाजवादी पार्टी लोसपालाई सरकारमा समावेश गराउनुभएको हो ।
कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक, अजय चौरसिया, आरजु राणा देउवा, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी, दीपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाही मन्त्री बन्नुभएको छ ।
यस्तै एमालेबाट विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, देबेन्द्र दाहाल, विद्या भट्टराई, दामोदार भण्डारी र रामवीर राई मन्त्री बन्नुभएको छ ।
यसैगरी जनता समाजवादी पार्टी नेपालबाट प्रदीप यादव र नवलकिशोर साह सुडी तथा लोसपाबाट शरतसिंह भण्डारी श्रम मन्त्री बन्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरूलाई शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
मन्त्रीहरुको कार्यविभाजन-
केपी शर्मा ओली, प्रधानमन्त्री
प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
विष्णु पौडेल, उपप्रधान तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधी
रमेश लेखक, गृह
शरतसिंह भण्डारी, श्रम तथा रोजगार
आरजु राणा देउवा, परराष्ट्र
नवलकिशोर साह सुडी, महिला बालबालिका
देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी, युवा तथा खेलकुद
प्रदीप यादव, खानेपानी
प्रदीप पौडेल, स्वास्थ्य
अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
बद्रीप्रसाद पाण्डे, पर्यटन
रामनाथ अधिकारी, कृषि
विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
मानवीर राई, रक्षा
दीपक खड्का, जलस्रोत तथा ऊर्जा
दामोदार भण्डारी, उद्योग वाणिज्य तथा आपुर्ति
राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण
प्रकाशित मिति: सोमबार, असार ३२, २०८१, १२:१६