काठमाडौं । भारतकी भूतपूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । पूर्व मन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री स्वराजको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन। उहाँलाई गएराति उपचारको लागि दिल्लीको एम्स् अस्पताल लगिएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । मोदीले स्वराजको निधनका कारण आफू मर्माहत भएको ट्वीट सन्देशमा उल्लेख गर्नु भएको छ ।
६७ वर्षीया स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री हुनुहुन्थ्यो। स्वराज लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । । सन् २०१६ मा उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो। आज दिउँसो ४ बजे उहाँको अन्तेष्टि हुनेछ ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६, ०५:१२