काठमाडौँ । बङ्गलादेशमा जारी प्रदर्शनका कारण समस्यामा परेका नेपाली विद्यार्थीको उद्धारका लागि समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
८ सयभन्दा धेरै नेपाली विद्यार्थीले स्वदेश आउनका लागि बङ्गलादेश छोडेको र उनीहरू कोही स्थलमार्ग अनि कोही हवाइ यात्रामा रहेको मन्त्रालयले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
समस्यामा परेका विद्यार्थी र अभिभावकले अनलाइनबाट निवेदन पनि दिन सक्ने छन् ।
निवेदन प्रक्रियामा जानका लागि आवश्यक लिङ्कः
परराष्ट्र मन्त्रालयले निकालेको सूचना
विवरण जानकारी गराउने पोर्टल
दूतावासले बङ्गलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग समन्वय गर्दै आएको पनि मन्त्रालयको भनाइ छ ।
बङ्गलादेशमा समस्यामा परेका विद्यार्थीका परिवारले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर उद्धारका लागि अनुरोध गरेका थिए ।
सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनमा परी बङ्गलादेशमा हालसम्म १ सयभन्दा धेरै व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१, ०७:२५