काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दुई तिहाई सांसदको समर्थन प्राप्त गर्नुभएको छ । आइतबार भएको विश्वासको मतमाथिको मतदानमा प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये प्रधानमन्त्री ओलीको पक्षमा १८८ जना सांसदले मतदान गर्नुभयो । विपक्षमा ७४ मत पर्यो भने मत तटस्थमा रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा दुई तिहाइ मत पुग्न १८४ जना सांसदको समर्थन चाहिन्छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका ओलीलाई कांग्रेस र एमालेसहित जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टीका सांसदहरु र २ जना स्वतन्त्र सांसदले पनि विश्वासको मत दिनुभयो । यस्तै, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीका सांसदले भनेओलीलाई विश्वासको मत दिएनन् ।
ओली गत आइतबार चौथो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१, १९:५१