रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन किशोरीको मृत्यु भएको छ ।
बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घर पहिरोले पुरिँदा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो ।
वडाध्यक्ष सुनुवारका अनुसार तीनै जना दिउँसो खेतमा काम गरेर फर्केर घरमा बसेका बेला पहिरोले घर पुरेको थियो ।
स्थानीय वासिन्दाले पहिरो पन्छाए पनि घर भित्र पुरिएकालाई जीवितै उद्धार गर्न नसकिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१, ०६:२६