काठमाडौं ।
निर्वाचनमा पराजित भएपछि नेपाली काँगे्रस ५ वर्षका लागि सत्ताबाट टाढियो । चुनावी हारबाट पाठ सिकेर फुर्सदको समयलाई सदुपयोग गर्दै काँग्रेसले बलियो संगठन बनाउने अपेक्षा आम कार्यकर्तामा थियो ।
तर काँग्रेस आन्तरिक विवाद र गुटको राजनीतिबाट बाहिर निस्कन सकेको छैन । काँग्रेसभित्रको आन्तरिक विवाद र गुटका कारण कार्यकर्ताहरु भने निराश बन्दै गएका छन् ।
कतिपय कार्यकर्ताले असन्तुष्टि व्यक्त गरिरहेका छन्, भने कतिपय सुधारका लागि नेतृत्वलाई सुझाव दिइरहेका छन् ।
नेविसंघ मोरङका नेता विष्णु भुर्तेल नेताहरुको गुटगत राजनीतिबाट दिक्क हुनुहुन्छ । भुर्तेल जस्तै काँग्रेसका अधिकांश कार्यकर्ता नेताहरुको गुटगत राजनीतिमा सन्तुष्ट छैनन् । भुर्तेलले भन्नुभयो, ‘सन्तुष्ट हुने ठाउँ त धेरै कम मात्रै छ, राजनीतिक परिवर्तनपछि हुने सामाजिक, साँस्कृतिक आन्दोलनहरु थिए गाउँ गाउँका, त्यसलाई लिएर जान सकेन ।’
६ महिना ढिलोगरी ०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसले यो वर्ष १४ औं महाधिवेशन गर्नुपर्ने छ । तर सभापति शेरबहादुर देउवा एक वर्ष कार्यकाल लम्ब्याउने तयारीमा हुनुहुन्छ ।
६ महिना ढिलोगरी ०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसले यो वर्ष १४ औं महाधिवेशन गर्नुपर्ने छ । तर सभापति शेरबहादुर देउवा एक वर्ष कार्यकाल लम्ब्याउने तयारीमा हुनुहुन्छ ।
जारी केन्द्रीय समिति बैठकमा संस्थापन बाहेकका नेताहरुको दबाबका कारण १४ औं महाधिवेशनको प्रक्रिया सुरु गर्न अन्तरिम संरचना बनाउन भने संस्थापन पक्ष तयार भयो ।
देउवा निकट मानिने नेता मीन विश्वकर्मा आउँदो मंसिरसम्ममा काँग्रेसले नयाँ बाटो समाउने दाबी गर्नुहुन्छ । नेताहरुका गुट र छुट्टाछुट्टै भेलाका कारण सबैलाई मिलाएर लैजान संस्थापन पक्षलाई गाह्रो भएको विश्वकर्माको तर्क छ ।
पार्टीको विधान अनुसार महाधिवेशन सकिएको २ महिनाभित्र विभाग, समिति र निकायहरु गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर महाधिवेशन भएको ३ वर्ष ४ महिना पूरा हुँदा पनि कांग्रेसका २८ विभाग गठन हुन सकेको छैन ।
कार्यसम्पादन, निर्वाचन, अनुसाशन र अर्थ समितिमध्ये निर्वाचन र अनुसाशन समिति मात्रै बनेको छ । भातृ संस्थाहरुको अवस्था पनि उस्तै दयनीय छ ।
पार्टीको विधान अनुसार महाधिवेशन सकिएको २ महिनाभित्र विभाग, समिति र निकायहरु गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर महाधिवेशन भएको ३ वर्ष ४ महिना पूरा हुँदा पनि कांग्रेसका २८ विभाग गठन हुन सकेको छैन ।
पार्टीलाई बलियो बनाउनुपर्ने बेलामा काँग्रेस नेताहरुलाई किन गुट प्यारो भएको ? यो प्रश्नमा विश्वकर्माले भन्नुभयो, ‘पार्टी एक ठाउँमा उभिनुपर्नेमा अहिले पार्टीका नेताहरु आफ्नो व्यक्ति अथवा आत्म केन्द्रीत मुद्दामा अगाडी बढेको कारणले पार्टीभित्र अलिकति असहज वातावरण बनेको छ ।जस जसले गुट निर्माण गर्दै, गुटिय हिसाबले वकालत गर्दै हिड्नुभएको छ, उहाँहरुलाई महसुस भयो भने छिटै समाधान हुन्छ । उहाँहरुलाई यसमा महसुस भएन र उहाँहरु थप गुट उपगुट बनाउँदै आफ्ना आफ्ना मात्रै डम्फु बजाउँदै हिड्नुभयो भने नेतृत्वलाई केही बढी समय लाग्न सक्छ यसलाई मिलाउन ।’
‘कार्यकर्तामा निराशा बढ्दो छ । पार्टीको हालत यस्तो हुँदा पनि तपाईहरु संस्थापन र संस्थापन इतर भन्दै विवाद गरेर बस्नुभएको छ, काँग्रेस नेताहरुलाई अलिकति अप्ठ्यारो लाग्नुपर्ने हैन ? ’अर्को प्रश्नमा नेता विश्वकर्मा भन्नुहुन्छ, जहाँ मूलुकको परिवर्तनको सबै नेतृत्व काँगे्रसले गर्ने, संविधान कार्यान्वयनको पहिलो प्रारम्भ पनि काँग्रेसले नै ग¥यो तर काँग्रेस आफैंमा भने अहिले अलमलिएको अवस्था छ ।’
पार्टी कमजोर हुनुको दोष संस्थापन पक्षले संस्थापन इतरका नेतालाई दिने गरेका छन् भने संस्थापन इतर भनिएका नेताहरु संस्थापन पक्षलाई देखाउने गरिरहेका छन् ।
काँग्रेस नेताहरु आपसमा लडेर पाटी बलियो नबन्ने भाषण गर्न पनि पछि पर्दैनन् । अनि आन्तरिक विवाद र गुटगत राजनीति पनि छाड्दैनन्, किन यस्तो भएको ?काँग्रेस नेता धनराज गुरुङ भन्नुहुन्छ, ‘नेताहरुको व्यक्तिगत स्वार्थका कारण काँग्रेस झनझन कमजोर बन्दै गएको हो । तर काँग्रेससँग नसच्चिने विकल्प पनि छैन ।’
पार्टी कमजोर हुनुको दोष संस्थापन पक्षले संस्थापन इतरका नेतालाई दिने गरेका छन् भने संस्थापन इतर भनिएका नेताहरु संस्थापन पक्षलाई देखाउने गरिरहेका छन् ।
यो कुरा त नेताहरुले हरेक दिनजसो नै भाषणमा बोल्नुहुन्छ तर खै त परिवर्तन ? के सुधारको बाटोमा हिंड्न काँग्रेस नेताहरुले अझै ठूलो संकट पर्खिरहेका हुन् ? भन्ने प्रश्नमा नेता गुरुङले भन्नुभयो, ‘यो भन्दा ठूलो संकट अब के व्यहोर्न बाँकी छ र काँग्रेसले ? ठूलै संकट आइराखेको छ, हाम्रै अगाडी संकटकै पहाड छ ।’
नेता गुरुङले अगाडी भन्नुभयो, ‘आफू बदलिन नचाहने नेताहरुलाई कार्यकर्ताले विस्तारै नयाँ नेतृत्व लिएर बदलदिन्छन् । काँग्रेस बिग्रीयो भन्ने, बिगार्ने मान्छे जो सुकै होस्, यो वा त्यो गुट नभनौंं, जस जसका कारण काँग्रेस आज यो अवस्थामा पुगेको छ तिन तिनलाई अब महाधिवेशनमा स सम्मान संरक्षकको रुपमा राख्ने निर्णय काँग्रेसका महाधिवेशन प्रतिनीधिहरुले गर्नैपर्छ । ’
निर्वाचनको समिक्षा गर्न भन्दै २०७६ बैशाख २५ देखि एक महिनासम्म सञ्चालन भएको पहिलो चरणको जागरण अभियान अपेक्षा गरे अनुसार सफल भएन । कतिपय ठाउँमा संस्थापन र पौडेल पक्षका नेताहरुबीच चर्का विवाद भयो भने कतिपय जिल्लामा त नेताहरुबीच कुटाकुटको अवस्था समेत देखियो ।
निर्वाचनको समिक्षा गर्न भन्दै २०७६ बैशाख २५ देखि एक महिनासम्म सञ्चालन भएको पहिलो चरणको जागरण अभियान अपेक्षा गरे अनुसार सफल भएन ।
काँग्रेस सच्चिन नसक्नुको कारण बारे विश्लेषक पुरुषोत्तम दाहाल भन्नुहुन्छ, ‘यो एकप्रकारको मनोविज्ञान हो, पहिलो कुरा त । नेतृत्वको एउटा तहमा पुग्ने मान्छेहरुमा कुनै सैद्धान्तिक प्रतिस्पर्धा हुँदैन, उहाँहरुका निजी प्रतिस्पर्धा हुन्छन् र उहाँहरुलाई के लाग्छ भने समय अत्यन्तै छोटो छ, आफ्नो व्यक्तित्व अरुको भन्दा माथि पुर्याउन सकिएन वा माथि नै राख्न पाइएन भने आफ्नो भविष्य नहुन सक्छ भन्ने सोंचका कारण पनि धेरै विवाद भइरहेको छ ।’
२०४६ साल पछि निरन्तर सत्तामा रहेको काँग्रेससँग जनताका थुप्रै अपेक्षा थिए । तर काँग्रेस नेताहरुले देश त परैको कुरा पार्टी पनि बनाउन सकेनन् । काँग्रेस कार्यकर्ता, स्वार्थको राजनीतिमा रुमल्लिएको नेतृत्व परिवर्तनको पर्खाइमा छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६, १४:३५