काठमाडौं ।
यस वर्ष धान उत्पादन घट्ने भएको छ । असारको तेस्रो हप्तासम्म पानी नपरेका कारण यसवर्ष धान रोंपाई नै घटेको छ ।
कतिपय ठाउँमा बाढी आउने गरि वर्षा भएपनि कतिपय ठाउँमा खडेरी प¥यो । सुरुमा पानी नपर्दा किसानले समयमा रोपाई गर्न पाएनन् । पछिल्लो समय आएको ठूलो वर्षाले विशेषतः तराईका जिल्लामा किसानले नोक्सानी व्यहोर्नुप¥यो ।
कृषि मन्त्रालयका अनुसार साउन १८ गतेसम्म ८६ प्रतिशत मात्रै रोपाई भएको छ । अघिल्लो वर्ष यही समयमा ८९ प्रतिशत रोंपाई भएको थियो ।
यसवर्ष धान उत्पादन घट्ने विश्लेषण भइरहँदा, त्यसको परिपूर्तिका लागि सरकारको तयारी भने देखिएको छैन ।
कृषि मन्त्रालयका अनुसार साउन १८ गतेसम्म ८६ प्रतिशत मात्रै रोपाई भएको छ । अघिल्लो वर्ष यही समयमा ८९ प्रतिशत रोंपाई भएको थियो ।
साउन महिनाभरी धान रोंपाई हुने भएकाले सरकार, तथ्याङ्क बढ्ने आशामा छ । तर समय घर्किएपछि रोपिएको धानले राम्रो उत्पादन नदिने कृषि विज्ञ बताउँछन् ।
सरकारी अधिकारी पनि धान उत्पादन घट्ने बताईरहेका छन् । तर कति उत्पादन घट्छ भनेर अध्ययन भने भइसकेको छैन ।
कृषि मन्त्रालयका सह प्रवक्ता डा. प्रदिपचन्द्र भट्टराईले भन्नुभयो, ‘समयमा पानी परेको भए धानको उत्पादन राम्रो हुन्थ्यो तर पछि रोपिएको धानले क्षेत्रफल धेरै भएपनि उत्पादन कम हुन्छ, यो प्राविधिक विषय हो । तर कति घट्छ भनेर भन्नको लागिचाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ, त्यो अहिले हामीले गरिसकेको छैन ।’
उत्पादन केही घट्ने आँकलन भने गर्न सकिने भट्टराईले बताउनुभयो । हाल २५ प्रतिशत खेतियोग्य जमिनमा सिँचाइमार्फत् रोपाइ हुने गरेको छ । बाँकी खेतियोग्य जमिनमा रोंपाईका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।
हाल २५ प्रतिशत खेतियोग्य जमिनमा सिँचाइमार्फत् रोपाइ हुने गरेको छ । बाँकी खेतियोग्य जमिनमा रोंपाईका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।
सरकारले सिँचाई सुविधा बढाउन नसके हरेक वर्ष धान उत्पादन घट्ने कृषि विभागका महानिर्देशक सुर्य प्रसाद पौडेल बताउनुहुन्छ ।
सीआईएनसँगको कुराकानीमा पौडेलले भन्नुभयो, ‘सबैभन्दा पहिला त सरकारले सिँचाईको क्षेत्रफल बढाउनु पर्यो । बाह्रैमासे सिँचाई हुने क्षेत्रफल बढाउनुपर्यो, नेपाल सरकारले । यदि हाम्रो धान उत्पादन हुने सबै क्षेत्रमा सिँचाईको सुविधा पुर्याउन सकेको भए हरेक वर्ष धानको उत्पादन घट्छ कि बढ्छ भनेर तथ्यांक हेरेर बस्नु पर्ने थिएन । अहिले त पानी परे धानको उत्पादन बढ्ने नत्र घट्ने अवस्था छ ।’
पौडेलले अगाडी भन्नुभयो, ‘पानी नभइ धान फल्दैन तर सिँचाईका ठूला आयोजनाहरु सञ्चालन गर्ने जिम्मा हामीलाई छैन । सिँचाई विभाग, जलश्रोत मन्त्रालयलाई छ, ठूला आयोजनाको जिम्मेवारी । ठोक्किने चाहिँ कृषि मन्त्रालय तर त्यसको खास जिम्मेवारी, सिँचाई उपलब्ध गराउनेचाहिँ अर्को मन्त्रालय । त्यसले गर्दा पनि केही समस्या भइरहेको हामीले महसुस गरेका छौं ।’
आफूहरुलाई साना सिँचाईको कार्यक्रम, त्यसमा पनि साना श्रोतबाट कुलो लैजाने वा पाइपबाट पानी लैजाने र त्यसलाई मर्मत गर्ने कार्यक्रमहरु मात्रै हुने गरेको पौडेलको भनाइ छ ।
पछिल्लो तथ्याङ्क अनुसार प्रदेश १ मा सबैभन्दा कम ८० प्रतिशत धान रोंपाई भएको छ । धान उत्पादनको हिसाबले महत्वपूर्ण प्रदेश २ मा पनि ८२ प्रतिशत मात्रै रोपाई सकिएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार प्रदेश १ मा सबैभन्दा कम ८० प्रतिशत धान रोंपाई भएको छ । धान उत्पादनको हिसाबले महत्वपूर्ण प्रदेश २ मा पनि ८२ प्रतिशत मात्रै रोपाई सकिएको छ ।
मौसम र बदलिंदो जलवायु परिवर्तनको अवस्थालाई हेरेर नार्कले धानका नयाँ जातसँगै अन्य खाद्यान्नको उत्पादन बढाउने खालका कार्यक्रम ल्याएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख सवनम शिवाकोटीले जानकारी दिनुभयो ।
स्थानीय सरकारहरुले केन्द्रसँग समन्वय गरी यस्ता जानकारी किसानलाई दिनुपर्ने उहाँ बताउनुहुन्छ । गतवर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन हुँदा अघिल्लो वर्षको तुलनामा ४ लाख ४८ हजार मेट्रिक्टटन धान उत्पादन बढेको थियो । तर पनि गतवर्ष झण्डै ५ लाख मेट्रिकटन धान अपुग भएको थियो ।
'धानको उत्पादन मात्रै घट्न सक्ने हो, अन्य खाद्यान्नको उत्पादन बढाउन सकिन्छ'
बाली विकास केन्द्रका प्रमुख शिवाकोटीका अनुसार धानले कुल ग्राहस्थ उत्पादनमा पनि फरक पार्ने हुनाले यसको चर्चा धेरै हुने गरेको हो । तर धान उत्पादन कम भएपनि किसानले अन्य खाद्यान्नको उत्पादन बढाउन सक्छन् ।
गतवर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन हुँदा पनि झण्डै ५ लाख मेट्रिकटन धान अपुग भएको थियो ।
शिवाकोटीले भन्नुभयो, ‘जति जि डि पी मा धानको कन्ट्रिब्यूसन छ एच डि पी मा पनि धेरै भएको कारण गर्दा यसको उत्पादनमा तलमाथि हुँदाखेरि असरचाहिँ अलि बढि पर्ने हुनाले यसको चर्चा हुनु स्वभाविकै हो । तर किसानले अन्य बालीको उत्पादन बढाउने हो भने धान कम उत्पादन हुनेभयो भन्ने कुराले नै धेरै चिन्ता लिनु पर्दैन ।’
शिवाकोटीले अगाडी भन्नुभयो, ‘पहाडतिर कोदो, फापर लगाएतका बाली हुन्छन्, जुन अहिले उहाँहरुले विस्तारै लगाउन र खान छोड्दै जानुभएको छ । तरकारी, मास या त्यो क्षेत्रमा अनुकुल हुने अन्य बाली पनि किसानले लगाउन सक्नुहुनेछ ।’
चामल बाहेक अन्य खाद्यान्नको उत्पादन र प्रयोग बढाउने खालका कार्यक्रम सञ्चालन भइरहेको पनि कृषि मन्त्रालयले जनाएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६, १४:०८