काठमाडौँ । आर्थिक वर्ष ०८०/८१ मा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको उल्लेख गरिएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९र८० को तुलनामा साढे १६ प्रतिशत बढी हो । आव २०७९/८० मा रेमिट्यान्स २३ दशमलव २ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष ०८०/८१ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको हो । यस आर्थिक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६० हजार १०३ रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१, १६:१०