काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बनमा परेका महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी हटाउने निणर्य गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले चित्तबुझ्दो जवाफ नदिएको निष्कर्ष निकालिएको बताउनुभयो ।
पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरिएको रास्वपाको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१, १२:३२