ललितपुर । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान मिस इन्दु बर्मालाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ ।
ललितपुरमा आयोजित कार्यक्रममा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी र कप्तान बर्माबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
कार्यक्रममा कप्तान बर्माले आफ्नो यात्रा र युवा खेलाडीहरू विशेष गरी महिलालाई ठुलो सपना देख्न र आफ्नो प्रयासहरूमा दृढ रहनका लागि प्रेरित गर्ने बताउनुभयो । नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले नेपालमा महिला क्रिकेटको बढ्दो प्रभाव र यस्ता सहकार्यको महत्त्व धेरै हुने बताउनुभयो ।
संस्थाका निर्देशक श्री कृष्ण श्रेष्ठले प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ३१ वर्षको यात्रामा महिला सशक्तीकरण र शिक्षा तथा खेलकुद मार्फत युवाको विकासमा कन्सल्टेन्सीले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । कन्सल्टेन्सीका कार्यक्रम निर्देशक राजु सिंहले पत्रकार सम्मेलनको समापन गर्दै प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी द्वारा खेलकुदमा महिलाहरूको समर्थन र प्रवर्द्धनमा जारी प्रयासहरूको बारेमा चर्चा गर्दै अन्य व्यावसायिक प्रतिष्ठानलाई पनि महिलाको सशक्तीकरणमा योगदान दिन प्रोत्साहन गर्नुभयो। यो साझेदारी खेलकुद प्रवर्द्धन र नेपालमा महिलाका अवसरहरूलाई सुधार्नमा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले पुर्याएको योगदानको प्रमाण भएको संस्थाले दाबी गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१, १५:३३