काठमाडौँ । सरकारसँग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्जीवन बिमा कम्पनीहरूको छाता सङ्गठन नेपाल बिमक संघले कोरोना बिमाको पैसा माग्दै आज रिट दर्ता गराएको हो ।
कोरोना बिमाको मापदण्डअनुसार सरकारले दिनुपर्ने रकम नदिँदा कोरोना बिमा गरेकाहरुलाई रकम भुक्तानी र्ग नसकिएको भन्दै बिमा रकम माग गरिएको सङ्घका अध्यक्ष चंकी क्षेत्रीले बताउनुभयो ।
सरकार, बिमक सङ्घ र बिमा प्राधिकरणबिचको सहमतिअनुसार सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ । रिटको पेशी भोली (सोमबार)का लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
सरकारले भुक्तानी नदिएपछि एक लाखभन्दा धेरै बिमितको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बिमा कम्पनीहरूले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१, १७:१७