ललितपुर । प्रहरीले ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँसहित ५० जनालाई पक्राउ गरेको छ ।
उक्त कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले छापा मारेर दुई चिनीयाँ एक फिलिपिनो र ४७ जना नेपालीलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
चिनियाँ नागरिकले पुरै घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेको र उक्त कल सेन्टरमार्फत् नेपालीलाई फकाएर लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको प्रवक्ता बोगटीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट थप कुरा खुल्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१, १६:४८