काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिनुभएको छ ।
समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभामा पेस गरेको प्रतिवेदन सभामुख घिमिरेले कार्यार्थ सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिनुभएको हो । सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले बैठकमा पेश गरेका थिए ।
समितिले ४५१ जना व्यक्तिसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिनुभयो । छाननिका क्रममा ५५ जनासँग सोधपुछ गरिएको र फरार सूचीमा रहेका दुई जनाको भनाई पनि समेटिएको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले गठन गरेको समितिले जेठ २३ गतेबाट काम थालेको थियो । समितिलाई तीन महिनाको समयावधि दिइएकोमा १५ दिन थप गरिएको थियो।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१, १६:०४