काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र वागमती प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ ।
महाशाखाले बुधबार बिहान निकालेको बुलेटिनमा कोशी र वागमतीका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले गरेको ३ दिनको मौसम पूर्वानुमान
२०८१ असोज १६ गते, बुधबार
दिउँसो ː कोशी,मधेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने । कोशी प्रदेशका केही तथा वागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना । साथै कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना।
राति ː कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदल देखि मौसम मुख्यतया सफा रहने । कोशी प्रदेशका केही स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना। साथै कोशी प्रदेशको एक दुई ठाउँमा भारी वर्षाको सम्भावना ।
२०८१ असोज १७ गते, बिहीबार
दिउँसोː कोशी, मधेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना । साथै कोशी र वाग्मती प्रदेशका एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना । कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना ।
रातिː कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना । कोशी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना ।
२०८१ असोज १८ गते, शुक्रबार
दिउँसो ː देशभर आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ।
रातिː देशभर आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१, ११:५८