काठमाडाैँ । सरकारले गत विहीबारदेखिको वर्षापछिको बाढी पहिरो र डुबानमा परेका १७ हजार जनाभन्दा धेरै जनालाई उद्धार गरिएको बताएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वयमसेवकहरूबाट आज बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋणिराम तिवारीले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यकाबाट दुई हजार एक सय ५८, कोशी प्रदेशबाट ९० जना, मधेसबाट ३५ जना, बाग्मती प्रदेशबाट १३ हजार ६ सय ४० जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
विपदमा परी घाइते भएका एक सय ६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
विपदमा घाइते भएकाहरूकाे नि:शुल्क उपचार गर्ने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । विपदमा परी २२ जना हराइरहेको र उनीहरूको खोजी भइरहेको पनि गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१, १३:१६