काठमाडौँ । बाढी, पहिरो र डुबानबाट बढी प्रभावित १४ जिल्लाका स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिफारिस गरेको छ ।
प्राधिकरणको कार्यकारी समितिको बैठकले आज १४ जिल्लाका विभिन्न स्थानीय तहलाई विपद् सङ्कटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।
पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सीआईएनसँग बताउनुभयो ।
यी स्थानीय तहलाई ३ महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१, १९:५९