काठमाडाौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असाेज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार याे कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा दाखिला भएको रकम हाे । असोज ३० गते साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली संगठनले ५१ लाख तथा राष्ट्रिय समाचार समिति तीन लाख २६ हजार ३८ रुपैयाँ दाखिला गरेका छन्।
यसैगरी, नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायतले पनि काेषमा राहत रकम दाखिला गरेको कोषले जनाएको छ ।
यो रकम असोजको दोस्रो हप्ता परेकाे पानी पछि आएको बाढी पहिरो र डुबानबाट प्रभावितहरूको राहतका लागि जम्मा गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१, ११:५२