काठमाडौँ । अमेरिकासँगको टी–२० शृङ्खला नेपालले जितेको छ । आज बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको शृङ्खला एक खेल अघि नै जितेको हो ।
आजको जितसँगै शृङ्सिखलामा नेपालले २-० को अग्रता लिएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल भोलि बिहान हुनेछ ।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि तीन रनको लक्ष्य दिएको थियो ।
सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राख्नुभयो भने चौथो बलमा उहाँलले आरोन जोनेसको विकेट लिनुभयो ।
त्यसपछि नेपाललाई जितका लागि तीन रन चाहिएकोमा कप्तान रोहित पौडेलले दुई र कुशल भुर्तेलले एक रन जोड्नुभयो ।
त्ययसअघि जितका लागि एक सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७० रन जोड्दै बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१, १०:५४