काठमाडाैँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सलाई ११-० ले हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको खेलमा नेपाललाई अहिलेसम्मकै फराकिलो जित दिलाउन रेखा पौडेलले ५ गोल गर्नुभयो ।
यस्तै प्रिती राईले ३ तथा सविता रानामगर, अमिषा कार्की र अनिता केसीले एक एक गोल थप्नुभयो । पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल यो जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।
नेपालको चार अंक छ। भुटानको पनि समान चार अंक छ। भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूह चरणमा खेल्न बाँकी छ। यही खेलबाट समूह विजेताको टुंगो लाग्ने छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१, १९:५५