मानिसले चाहेर जान नचहाने तर जानै पर्ने स्थानमा पर्दछ आर्यघाट र त्यस्तै सकेसम्म जान नचाहने तर हाँसो र रोदनको सङ्गम साथै शारीरिक स्वस्थतताको लागि जानै पर्ने स्थानमा पर्दछ अस्पताल ।
हरेक मानिसको जन्मदेखि मृत्युसम्मको स्थान र रोदनदेखि हाँसोसम्मको स्थान ओगटेको ठाउँ हो अस्पताल ।
अझ अस्पतालले र आँसु तथा हाँसो एकै ठाउँ मिलाइदिने सेतुको कामसमेत गरेको देखिन्छ । त्यही एक स्थानमा कहीँ नयाँ जीवनको सुरुवात भइरहेको हुुन्छ भने त्यही अर्को स्थानमा जीवनको अन्त्य पनि भइराखेको हुन्छ ।
केही दिनअघि अस्पताल जानैपर्ने अवस्था आइपर्यो र आफू पनि लागियो अस्पताल । प्राय काँठ क्षेत्रका मानिसको सकेसम्म स्थानीयस्तरकै स्वास्थ्य चौकीमै उपचार गर्छन् र अलि जटिल र स्थानीयस्तरमा सम्भव नभएपछि मात्रै ठूला, जिल्ला र निजी अस्पतालमा जाने गर्दछन् ।
ती अस्पतालमा तब मात्रै उपस्थिति जनाइन्छ, जब रोगले अलि बढी नै जटिलता देखाउन थाल्दछ । त्यसमाथि महङ्गो र निजी अस्पताल जानुपरेमा त कि राम्रै पूूर्व तयारी गर्नुु पर्ने या त ऋृणै लाग्ने समस्या आफूले पनि देखेको हुनाले यस पटक आफू पनि लागियो सरकारी अस्पताल ।
फेरि आफूले पहिला पनि सो अस्पतालबाटै राम्रै उपचार सुुविधा पाएका कारण लागियो सरकारी अस्पताल ।
असोज महिनाको सुुरुवाती दिनमा दिउँसो गर्मी झन बढेका कारण बिहानपख एक सरो चाइनिज टिसर्ट र हावा छेक्ने ज्याकेट लगाएर यात्रा सुुरु गरियो ।
आफ्नो दुुई पाङ्ग्रे सवारीसाधनमा ,पछाडी सिटमा मेरी उनी थिइन् जो मास्क र ज्याकेट गम्मै लगाएरु बसेकी थिइन् ,उनले त मलाई चिसो हुुन्छ भनेको त थिइन् तर आफूले पनि दिउँसो चर्को घामको पुूर्वानुमान गरेर पातलो ज्याकेटमै यात्रा गर्ने निधो गरियो । घरबाट जति तल झर्दै जाँदा सडकमा अन्य सवारीसाधनको चाप पनि नभएका कारण मोटर साइकलको गति अलि बढी भएका कारण शरीरमा चिसो पनि त्यक्तिकै बढ्दै गयो ।
जेनतेन करिब ३० मिनेटको यात्रापछि अस्पताल पुुगियो । अस्पताल पुुग्दा सोचेको थिएँ कि टिकटको लाइनमा सर्वप्रथम आफै भइन्छ होला तर त्यहाँ आफुूभन्दा पहिले नै करिब १०० जनाको उपस्थिति भइ सकेको रहेछ ।
लाइनतर्फ हेर्दै मात्रै थिएँ । सुुरक्षाकर्मी दाइ आएर कहाँ यहाँ रोकेको भनी बिहानै गालीको वर्षा नै गरेझै कराउन थाले, आफूसँग कुनै उपाय थिएन । त्यसमाथि पनि दुुई पाङ्ग्रे जो परियो, त्यसैले उनको आदेश पालना गरी पछाडि लगियो पार्किङ्गस्थलतर्फ ।
करिब २०० मिटर जतिको कुदाइपछि जेनतेन दुुई मोटरसाइकलको बीचमा ठेलठाल गरी सवारीसाधन राखियो । यति गर्दासम्म लाइनमा निकै लाइन भइसकेको होला भनी मनमा निकै कौतुुहलता भने बढीसकेको थियो । यसैक्रममा अब लाइनमा बस्न जानु पर्यो भनी अगाडि बढदै थिएँ ।
क्यान्टिनबाट मगमग समोसा र तरकारीको बस्ना नाकसम्मै ठोसिन थालेको थियो । अरु समयमा भए दुुईचार वटा समोसा, तरकारी र एक कप चिया नखाइ बढ्ने व्यक्ति म थिइन तर यस पटक समोसा र तरकारीलाई बेवास्ता गरी टिकटतर्फ नै अघि बढियो ।
यही क्रममा टिकटको काउण्टरको लाइन करिब १०० बाट १५० पुगिसकेको थियो होला ।
अब भनसुन गर्न आफ्नो कोही छैन भन्दै आफू पनि गएर सोही लाइनमा बसियो । क्रमैअनुुसार टिकट वितरण हुुँदै थियो । मेरो अगाडि एक विदेशबाट फर्किएका श्रीमानश्रीमती हुनुहुुन्थ्यो भने पछाडिचाहीँ नसाको समस्या भएको करिबन ६० वर्ष जतिको वृद्व बुुबा हुुनुुहुुन्थ्यो । सो कुराको जानकारी लाइनमा बसाइको क्रममा जानकारी भयो ।
अब टिकटको काउण्टर नपुगुुन्जेल गफ सुुन्ने बाहेक अरु काम गर्न थिएन । अगाडि जोडी भने भर्खरै विदेशबाट फर्किएको हुनु हुँदो रहेछ । सो दिन फेरि कोरिएन भाषा पास गरेको विद्यार्थीको मेडिकल चेक गर्ने दिन पनि परेछ । त्यसैले पो भीड पहिलेभन्दा थेगी नसक्नु भएको रहेछ । प्राय त्यस भीडमा २० देखि ३५ सम्मको युुवायुुवतीको जमात रहेको थियो ।
यसरी बाहिरिने युवा शक्तिको भीडको कारण देशले रोजगार दिन नसक्नु र राजनैतिक असक्षमता नै हो भनि त्यहाँ एक प्रकारको बहस सुरु हुन पुग्यो । कसैले नेताहरूको कारण यो सब भएको हो भन्दै थिए भो कोही राजनीतिकै कारण देशका कलकारखाना बन्द भएको र यो अवस्था आएको भन्दै थिए ।
तर वास्तवमै त्यहाँ बिदेशिने युवाको लाइन देख्दा मनचाहिँ जो कोही को रुने नै थियो । यसै क्रममा आफू भन्दा अगाडिको जोडीमध्ये एकले स्वदेशमा पढेर अवसर नपाएर हल्लेर हिड्नु भन्दा त बरु समयमै भए पनि विदेशमा काम गर्न जानु उत्तम हो भन्ने तर्क राख्नु भयो ।
कुरा उहाँको पनि सही नै हो भनि टाउको हल्लाएर समर्थन गर्ने बाहेक केही गर्न सकिएन । त्यसैक्रममा मभन्दा पछाडिको बुबा जो ६० माथिको हाराहारीको हुनु हँुदो रहेछ ।
कुराको क्रममा थाहा भयो कि केही समय अगाडि लाइन भन्दा अगाडि सिटमा एक युवा कालो टिसर्ट र जिन्स पाइन्ट र विदेशी जुत्तामा सजिने उहाँकै छोरा पो रहेछन्, जो आइफोनमा गफमा मस्त थिए भने बुढो बाबु भने लाइनमा उभिनु भएको थियो ।
छोरा भर्खरै विदेशबाट आएका रहेछन्, जसले नसाको उपचारको लागि आएका बाबुलाई लाइनमा राखेको थिए भने आफूचाहिँ मस्त कुर्सीमा बसी आइफोनमा मस्त थिए ।
सोचियो यो पनि विदेशी सिकाइ र बसाइको उपलब्धि होला भनी । एक छिनको आइफोन चलाएर दिक्क भएपछि उनले बाबुलाई आफू कफी खान जाने भनी अनुमति मागे, बाबुको हस् भन्ने बाहेक के भन्न सक्थेर हस् भनेर समर्थन गर्न बाहेक ।
क्रमैले लाइन अघि बढीराखेको थियो । पछाडी बुबा सायद सरकारी सेवाबाट अवकाश पाएको हुनुहुँदो रैछ क्यारे । उहाँले यो कोरियन भाषा पास गर्ने मिहिनेत लोक सेवा पास गर्नमा गरेको भए कति राम्रो हुन्थ्यो भन्ने राय राख्नुभयो ।
उहाँको शव्द के सकिएको थिएन होला अर्काले बुबा यो कोरियन भाषाको परीक्षा त लोक सेवाभन्दा पनि धेरै गाह्रो हुने र पास गर्न निकै मिहिनेत गर्नु पर्ने बताए ।
आफूले कहिल्यै दिएको छैन तर लोक सेवा र भाषा परीक्षा पास गर्ने मिहिनेतचाहिँ उच्च ओहोदाको नै गर्नु पर्ने होला भनी अनुमान गरी चुपचाप बसियो ।
अब करिब अगाडि २०-२५ जनापछि आफ्नो पालो आएको हो कि भनी हेर्दै थिएँ । अघि मभन्दा पछाडिका बाबुका छोरा ठ्याक्कै मेरै सामु नै उभिनु भयो र बाबुलाई भन्नु भयो, ‘बुबा जाउँ अन्तै निजी अस्पतालमा, यहाँ सरकारी अस्पताल कति लाइन बस्नु । फेरि पटकपटक आउन भm्याउ हुने ।’
बिचरा बुबा न केही बोल्न सक्नुभयो न केही गर्न नै सक्नुभयो । बाबुले निजीमाभन्दा यहाँ राम्रो डाक्टर हुने भन्दै थिए तर श्रीमतीले पनि छोराले भनेपछि जाउँ न त भन्न थाल्नुभयो । जसका कारण बुबाले मैन स्वीकृति जनाउँदै लाइनबाट हट्नुभयो । सायद घुँडाको समस्या थियो होला, उहाँ घन्चाङ्गघन्चाङ्ग गर्दै लाइनबाट गेटतर्फ लाग्नुभयो ।
मैले परसम्मै आँखाले पहिल्याइरहेँ । निजीमा लाने चाहना थियो त बृद्व बाबुलाई किन उभिन लगाएको होला ? आफूले मात्र कफीको तलतल मेट्दा बाबु तपाईँ पनि चिया, पानी पिउन जानुस्सम्म किन नभनेको हो भनि एक छिन सोच मग्न भइयो । विदेशमा पढाय पनि नैतिक शिक्षामा कमि भयो होला अनि फेरि चुपचाप बसियो ।
जसोतसो टिकट काटियो, अब फेरि डाक्टर आउने समय रहेछ १० बजे । अब फेरि कुर्ने बाहेक केही काम रहेन भनी के सोच्दै थिएँ । अघिको, समोसा तरकारीको सम्झना आयो र लागियो क्यान्टिनतर्फ । क्यान्टिनको ढोकामा के पुगेको मात्रै थिएँ, त्यहाँ पनि फेरि टोकनको भीड नै रहेछ । जसोतसो पैसा तिरेर टोकन लिइ फेरि खाजा पाउने लाइनमा बसियो ।
फेरि त्यहाँ पनि अर्को प्रतिक्षाको टोकन प्रदान गरियो ।
अब फेरि कुर्ने समय बाहेक केही उपाय रहेन । यस्तो लाग्यो कि २४ घण्टामा करिब ५-७ घण्टा त कुराइमै बित्छ होला नेपालीको जस्तो लाग्यो । करिब १५-२० मिनेटको पर्खाइपछि आफ्नो पालो आयो, समोसा, तरकारी र चिया पिउने काम गरियो ।
अब डाक्टरको आउने समय १० बजे भनेता पनि पक्कै १०ः३० नभै त पक्कै आउँदैन होला भनी बाटोमै पर्ने शौचालय जाउँ भनी के जान खोजेको थिएँ, त्यहाँ पनि लाइन रहेछ । के होला भनी सोधेको त सफा गर्ने दाइ पस्नु भएको रहेकोले, उहाँले त्यहाँ पनि १० मिनेट प्रतीक्षा गर्न भन्नुभयो ।
आफू पनि त्यहीँ लाइन नै बसियो फेरि । सोचेको थिएँ कि शौचालयको गन्धले वेहोश भइन्छ होला भनी मास्क लगाएर जानुपर्ला तर त्यो अवस्था भने त्यहाँ थिएन, यसले के पनि जनाइरहेको थियो कि सबै सरकारी अस्पतालको अवस्था समान छैन ।
त्यहाँ निकै सुधार भएको अनुभूति गर्न पाइयो । हतार गर्दै डाक्टर आउने कक्षतर्फ लागियो । यसो हेरेको, कोही छैन, आफै पहिलो भइयो कि भनी सोचेको त अलिपर अघिको कार्डको लाइन बसिसकेको रहेछ । फेरि त्यहाँ पनि लाइन बस्ने भइयो ।
करिब २ घण्टाको प्रतीक्षापछि आफ्नो पालो आयो र डाक्टरको सल्लाह बमोजिम औषधि साथै अन्य सम्पूणर् परीक्षण गरी पुनः सात दिन पछि आउने सल्लाह प्राप्त भयो ।
अब फेरि सोचियो कि यी सम्पूणर् परीक्षण र फेरि आउँदा कति समय कुर्नुपर्ने हो भनी । फेरि मनमा अघिको बाबुको छोराले निजी अस्पताल जाउँ भनी ठीकै गरेछन् कि क्या हो भन्ने सोचियो ।
तर निजी अस्पतालको बिलले फेरि आफूलाई कहिल्यै बिर्सन नसक्ने गरी झटारो पो हान्ने हो कि भन्ने सोच्दासोच्दै मोटरसाइकल पार्किङ्गसम्म पुगियो । अब फेरि पार्किङ्गमा आफ्नो साधनलाई झपक्कै बेहुली सिङ्गारेझै वरिपरिबाट मोटरसाइकललाई घेरिसकेका रहेछन् ।
जेनतेन एकएक गर्दै करिब २० वटा जति मोटरसाइकल हटाएपछि आफ्नो सवारीसाधनसम्म पुगियो । त्यति गर्दसम्म शरीरबाट परिसानाको सुनकोशी बग्न थालिसकेको थियो ।
अब ढुक्कका साथ मोटरसाइकल चढियो र अघि पसिनाको शान्तिका निमित्त सवारी हुइकाइ लागियो घरतर्फ । फेरि बाटोमा जामको भोगाइको विषयमा व्याख्या गरिसाध्य यहाँ छैन ।
वास्तवमै यहाँ अस्पतालमा सेवा लिनका निमित्त निकै मिहिनेत गर्नुपर्ने र एक मानिसले अरुको अघि देखाउनका लागि गर्नुपर्ने दृष्टान्त मात्र प्रस्तुत गर्न खोजिएको हो ।
सबैभन्दा सुलभ र सरल तरिकाले प्राप्त गुर्नुपर्ने सेवाका निमित्त पनि यहाँ निकै कसरत गर्नुपर्ने अवस्था रही आएको छ । वास्तवमै यसमा केही सुधार गर्नुपर्ने आजको आवश्यकता छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१, १०:५३