काठमाडौँ । आज तिहार अन्तर्गतको कुनै पनि पर्व नपरेको नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिले जनाएको छ ।
औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा हिजो नै गरिएको छ । औँसीसहित कात्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा भोलि परेको पनि समितिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको उहाँको भनाइ छ । यसैकारण पाँच दिनमा सकिने तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ ।
यो पर्व कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१, ०८:२८