काठमाडौँ । २० औँ द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले इङ्ल्याण्डलाई हराएको छ । आज बिहान हङ्कङको मङ्ककमा भएको खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको ९८ रनको चुनौती नेपालले ४ ओभर २ बलमा बिना कुनै विकेटको क्षतिमा भेट्टायो ।
त्यसअघि ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ६ ओभरको खेलमा ६ विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।
प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ल््याण्ड र अस्ट्रेलिया छन् ।
समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलङ्का, बङ्गलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल पर्सि आइतवार हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।
प्रतियोगिताका खेलहरूमा हरेक टोलीबाट ६ खेलाडी सहभागी हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१, ०८:४१