हुम्ला । निरन्तरको सुख्खा पहिरोले हुम्लाको खच्चामा सडक नियमित सञ्चालनमा ल्याउन समस्या भएको छ ।
कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लाको कुवाडीखोलाबाट खार्पुनाथसम्म नियमित सवारीसाधन सञ्चालनमा ल्याउन सर्केगाड १ जैरीको खच्चा सडकले अवरोध गरेको छ ।
नेपालगञ्ज, सुर्खेतबाट आएका मालबाहक ट्रकहरु त्यो ठाउँमा एक दिन नबसेको कुनै छैन । किनकि त्यहाँ कच्ची भुभागका कारण नियमित रूपमा सुख्खा पहिरो गइरहेको छ । हल्का वर्षा हुँने बित्तिकै केही दिन अवरुद्ध हुने गरेको छ ।
सोही ठाउँमा होटल व्यवसाय गरिहेका डिलबहादुर बुढाले आफूले अहिलेसम्म ७ ठाउँमा होटल सार्नुपरेको सुनाउनुभयो । जता सारे पनि पहिरोले बगाउने गरेको उहाँको भनाइ छ ।
सर्केगाड गाउँपालिकाको कन्द्रमा व्यववसाय गर्दै आउनुभएका अदानचुली १ का लक्ष्मण फडेरा भन्नु हुन्छ, ‘हामी व्यवसायीको पनि लाखौँको खर्च भइसकेको छ । सामान ल्याएर खाच्चामै थन्कीँदा हामीहरुलाई घाटा हुने भएकाले पैसा उठाएर कामदार र डोजरलाई पैसा तिरेर सडक बनाउने गरीरहेका छौँ । सरकारले ढिला गर्छ । यता हाम्रो सामान बिग्रिरहेको हुन्छ ।’
उक्त सडकमा कणर्ाली करिडोर, सडक विभागले कर्मचारी खटाएको छ ।
उक्त क्षेत्रमा सडक विभागबाट खटीएका दानसिंह महताराले हरेक दिन १०/१५ वटा मालबाहक ट्रक तान्ने गरीरहेको बताउनुभयो । दिउँसो डोजरले सडक बनाउने गरे पनि राति भत्केर फेरि उस्तै बनाइदिने गरेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१, १०:५८