कम्युनिष्ट पार्टीमा विशेषगरी माओवादी केन्द्रका नेता मन्त्रीको सपथ लिँदा होस् वा अन्य सार्वजनिक कार्यक्रम र समयमा राष्ट्रिय पोशाक (दौरा सुरुवाल, ढाका टोपी) मा देखिँदैनथे। दुई पटक प्रधानमन्त्री बन्दा पुष्पकमल दाहाल प्रचण्ड र एक पटक प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराईले दौरा सुरुवाल लगाएनन् । पटक पटक सांसद र मन्त्री भएका नेताहरू माओवादी स्वयंले तय गरेको ड्रेस कोड (खरानी रङ्गको पाइन्ट र कोट) मा देखिने गरेका थिए । प्रधानमन्त्री भएका बखत प्रचण्ड भादगाउँले टोपीमा देखिए र त्यसयता हिजोआज उनको शीरमा टोपी प्रायः छुट्दैन, पछि भट्टराईले पनि भादगाउँले टोपी नै रोजे ।
कहिलेकाहीँ ढाका टोपीमा देखिन्थे । अहिले अघिकांश पूर्व माओवादी नेताहरूको शीरमा भादगाउँले टोपी देखिन्छ । कृष्णबहादुर महराले पनि सभामुखभएपछि ‘ड्रेस कोड उनको वर्तमान ‘ड्रेसकोड’ भङ्ग गरे दौरा सुरुवालमा नै सजिए । अहिले बाबुराम भट्टराईको ‘ड्रेस’ दौरा सुरुवालको चर्चा सामाजिक सञ्जालको बजारभरि सकारात्मक र नकारात्मक दुवै कोणबाट भइरहेको छ । लवाइखवाइ व्यक्तिका विशुद्ध रुचि र छनोटका विषय हुन् । तर भट्टराईको लवाइमा व्यक्तिगत रुचि वा राजनीतिक अभिरुचि के देखिन्छ ?
कर्णालीमा खस आर्यजस्तै देखिन मन लागेर जीवनमा पहिलो पटक दौरासुरुवालमा देखिएका भट्टराई के योभन्दा अगाडि खस, आर्य थिएनन् । ? कर्णाली क्षेत्रमा भट्टराई कति पटक गए होलान् ? सायद उनी आफैँलाई औँला भाँचेर गन्दा पनि एकिन गर्न कठिन पर्ला ।
नेपाली राजनीतिमा कुनैबेला उच्च आदरणीय र आदर्श पात्रको छवि बनाएको नाम हो डा.बावुराम भट्टराई । नेपालको आउने परिवर्तन र बाबुराम भट्टराईलाई कुनैसमय पर्यायवाचीका रूपमा पनि जोडे केहीले । काँग्रेस–एमालेले देखाएको राजनीतिक चरित्र विरुद्ध उभिएका भट्टराई प्रधानमन्त्री हुँदासम्म आशालाग्दा पात्रका रूपमा परिचित थिए । तर, प्रधानमन्त्रीको सत्तारोहरणसँगै खस्किएको कद पार्टी छाडेर अलग भएपछि माथि उठ्न सकिरहेको छैन । नयाँशक्तिको रेल देशभर कुदाउने सपना पनि नागरिकले रुचाएको देखिएन ।
अहिले समाजवादको सपना देखाएर नयाँशक्तिको रेलको चालक सिटमा बसेर गाउँबस्ति डुल्दै गरेको भट्टराई फरक फरक भेषभूषामा देखिन थालेका छन् । निमुखा, निम्छरो नागरिकको साथी बन्ने दौडमा रहेको भन्ने भट्टराईले ‘देश अनुसारको भेष’ भन्दै कर्णाली प्रदेशमा पुगेर जीवनमा पहिलो पटक दौरासुरुवालमा भन्दै ट्विटरमा झुल्किए ।
भारतमा गान्धीले जनताका लुगा लगाएर मान्छेको मन जितेको कुरा थाहा पाएका राजा त्रिभुवनले पनि नागरिकका लुगा लगाए । के भट्टराईले अहिले त्यही बाटो समातेका हुन ?
दौरासुरुवालको फोटो राखेर उनले लेखेका छन् ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा–सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो ! यसको अन्तर्य के हो भने, कर्णाली ‘देश’ खसआर्य समुदायको थातथलो हो । कर्णालीका मनहरूसँग भलाकुसारी मार्दा डा. भट्टराईलाई पनि खसआर्य जस्तै देखिन मन लाग्यो । काठमाडौँबाट झोलामा बोकेर लगेको दौरा सुरुवाल कर्णाली प्रदेशको जाजरकोटमा पुगेर झिके र श्रीमती हिसिला यमीलाई अगाडी राखेर लगाए । त्यसले हिसिला यमीमा उत्साह जगायो । भट्टराईका लागि दौरासुरुवाल काठमाडौंको असनबाट किनेको हो ।
नयाँ शक्तिका नेता एवं भट्टराई श्रीमती हिसिला यमी लेख्छिन् ‘मेरा खस श्रीमान पहिलो पटक खस दौरा सुरुवाल लगाएर खस भूमिमा ।’ कर्णालीमा खस आर्यजस्तै देखिन मन लागेर जीवनमा पहिलो पटक दौरासुरुवालमा देखिएका भट्टराई के योभन्दा अगाडि खस, आर्य थिएनन् । ? कर्णाली क्षेत्रमा भट्टराई कति पटक गए होलान् ? सायद उनी आफैँलाई औँला भाँचेर गन्दा पनि एकिन गर्न कठिन पर्ला । तर यसपटक दौरासुरुवाल रोजाईमा किन पर्यो ?
पुराना फोटाहरू केलाउँदा पृथ्वी वीरविक्रम शाहका पालासम्म पनि राजाले दौरा–सुरुवाल लगाएका तस्बिर भेटिँदैनन्, बरू जामा लगाएका वा अलिपछि पश्चिमा ढाँचाका राजसी पोशाक लगाएका भेटिन्छन् । केही घरेलु तस्बिरमा दरबारियाहरूले कुर्ता वा कमिज लगाएको देखिन्छ ।
भारतमा गान्धीले जनताका लुगा लगाएर मान्छेको मन जितेको कुरा थाहा पाएका राजा त्रिभुवनले पनि नागरिकका लुगा लगाए । के भट्टराईले अहिले त्यही बाटो समातेका हुन ? हुनभनेपनि गान्धी र पूर्व राजा त्रिभुवनको स्वभावमा उनी आफुलाई कसरी ढाल्लान ? २०६८ सालमा बाबुराम भट्टराई नेतृत्व सरकारले दौरा–सुरुवाल–टोपी र गुन्युचोली राष्ट्र सापेक्ष नभएको भन्दै हटाउने निर्णय गरेको थियो ।
१० वर्षे युद्ध सशस्त्र युद्धमा नेपालको भूगोलसँग परिचित भट्टराई सबै जाति, जनजातिको भेषभुषालाई नजिकबाट नियालेका छन् । तर नयाँशक्तिको रेल दौडाउने यात्रामा यात्रु खोज्दै पाहाडका खोँचदेखि तराईका फाँटसम्म हुइकिरहेका भट्टराई दम्पत्ति जहाँ गयो त्यस्तै बनिरहेका छन् । भट्टराईले यात्राका क्रममा कास्की र पर्वतमा गुरुङ समुदायको पहिरन लगाएका थिए। काभ्रेका कार्यक्रममा तामाङको पोशाकमा देखिएका थिए। पाँचथरको कार्यक्रममा उनले ढोलक बजाएका थिए ।
मधेसमा मधेसी, तराईमा जाँदा थारु, मुस्लिम, हिमालमा जाँदा शेर्पा, काँठ क्षेत्रमा जाँदा तामाङ, पहाडमा जाँदा बाहुन बनिदिने शैली विशुद्ध व्यक्तिको चाहाना हो या राजनीतिक ? ‘देश अनुसारको भेष, कपाल अनुसारको केश’ लाई आत्मसातगर्दै जाने हो भने कस्तो कस्तो ड्रेस लगाउनुपर्ने अवस्था आउला ? स्यवं भट्टराईले पनि कल्पना गरेका होलान ?
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५, १५:०५