१९ वर्षमुनिको महिला टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । यूएईमा बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको होे। १ सय ३१ रनको लक्ष्य पाएको कुवेतलाई १३ ओभरमा मात्र २२ रनमा अल आउट गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।
कुवेतका १ जना ब्याटरबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालकी रचना चौधरी र सिमाना केसीले २/२ तथा, कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले १/१ विकेट लिनुभयो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।
नेपालका कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाउनुभयो । यस्तै साना प्रवीनले २५, ज्योत्सिका मरासिनीले २३ र एलिसाकुमारी यादवले १५ रन बनाउनुभयो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो। ४ टोलीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष मलेसियामा आयोजना हुने १९ वर्षमुनिको टी ट्वान्टी विश्वकप क्रिकेटका लागि छनोट हुनेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१, १६:०६