काठमाडौँ । काठमान्डौँको बुद्धनगरमा रहेको केएमसी स्कुलमा कक्षा ८ मा अध्ययनरत बालक जेन्सल रावल ४ दिनमा भेटिनु भएको छ । ललितपुरको बालगृह भ्वाइस अफ नेपालमा रावल फेला पर्नु भएको हो ।
गत शनिबार साढे ८ बजे घरबाट निस्किएका जेन्सन त्यही दिन साँझ बालगृहमा पुगेको देखिएको छ ।
वेपत्ता हुनुअघि १८ वर्षका अभिषेक बस्याललाई भेटेको भएपनि रावल हराउनुमा बस्यालको संलग्नता नदेखिएको बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मिले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६, १२:५१