काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले काठमाडौँको भृकुटीमण्डपस्थित रक्त सञ्चार केन्द्रबाट रगत वितरण सुरु गरेको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले भवन भत्काएपछि सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीबाट रगत वितरण गर्न थालिएकोमा नयाँ भवन निर्माण गरी भृकुटीमण्डपस्थित केन्द्रबाटै वितरण सुरु गरिएको सोसाइटीका महामन्त्री भूपतीलाल श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँको वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट सुरु भएको रक्तसञ्चार सेवा २०३९ साल असोज ६ गतेदेखि अस्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा निर्मित भवनबाट सुरु भएको थियो । अहिले यो सेवा देशका विभिन्न ठाउँमा विस्तार गरिएको सोसाइटीले जनाएको छ ।
भूकम्पले केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगे पछि केन्द्रिय कार्यालय कालिमाटीबाट सञ्चालन गरेकोमा अहिले भृकुटीमण्डपको भवन पुनर्निर्माण गरी त्यहिँबाट सुचारु गरिएको महामन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१, १८:०४