रोल्पा । रोल्पामा झोलुङ्गे पुल बनाउने पर्खाल लगाउने क्रममा माटोको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
ढिस्कोले पुरिएर ६६ वर्षीय देवीराम परियार, ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुमित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गामका बासिन्दा रहेको पनि प्रहरीले जनाएको छ ।
मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा आज बिहान पौने १० बजेतिर ढिस्कोले उनीहरूलाई पुरेको थियो । कामदारमध्ये दुई जना भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१, १४:३७