काठमाडौँ । शीर्ष नेताबीच अनेक दावी प्रस्तुत भइरहेको बेला नेकपाको स्कुल विभागको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पाउनु भएको छ ।
आज बसेको नेकपाको सचिवालय बैठकले स्कुल विभागको प्रमुखको जिम्मेवारी पोखरेललाई दिने सहमति गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि स्कुल विभागमा नेता श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसाल, झलनाथ खनाललगायतका नेताहरुले पनि दावी गर्दै आउनुभएको थियो ।
स्कुल विभागसँगै नेकपाले ३३ विभागको नेतृत्व टुङ्गो लगाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार ३३ मध्ये १९ विभागको जिम्मेवारीमा पूर्व एमालेका नेता र १४ मा पूर्व माओवादी केन्द्रका नेता तोकिएका छन् ।
सचिवालय सदस्य माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख तोकिएको छ भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६, १४:४७