काठमाडौँ । नेपालमा मधुमेहका विरामी बढेको पाइएको छ । नेपाल हेल्थ फ्याक्ट प्रतिवेदन २०२४ ले नेपालमा सन् २०२४ मा पाँच लाख ८४ हजार ३४७ जना मधुमेहका बिरामी थपिएका देखाएको हो ।
प्रतिवेदन अनुसार सन् २०२३ मा तीन लाख १२ हजार ३४२ जना मधुमेहका बिरामी थपिएकामा यस वर्ष दुई लाख ७२ हजार पाँच जना बढी थपिएका हुन् ।
प्रतिवेदन अनुसार मधुमेहका बिरामी सबैभन्दा बढी कोशी प्रदेशमा एक लाख ८६ हजार ३८७ छन् ।
त्यसपछि बागमती प्रदेशमा एक लाख ७० हजार १२६, लुम्बिनी प्रदेशमा ८६ हजार ८ सय ८, मधेश प्रदेशमा ५० हजार ६३५, गण्डकी प्रदेशमा ४७ हजार २०७, कणर्ाली प्रदेशमा १७ हजार ९७८ र सुदूरपश्चिम प्रदेशमा २५ हजार ११६ जनामा मधुमेह भएको छ ।
सीआईएनसँग कुरा गर्दै थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्लले नियमित व्ययाम गरे मधुमेह हुनबाट जोगिन सकिने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१, १०:०२