दाङ । दाङको बबइ गाउँपालिका वडा नम्बर ७ मलइका नागरिक सुखसुविधाको लागि अन्यत्र बसाईँ सर्ने क्रम बढेको छ ।
मलइ गाउँ तुलसीपुर बजारदेखि करिब ३० किलोमिटर टाढा पर्छ । बबइ गाउँपालिका वडा नम्बर ७ मा पर्ने मलइमा सडक, विद्युतलगायतका सुविधा पुगे पनि भरपर्दो छैन ।
विकास गाउँतिर सर्दै गर्दा मलइ गाउँका नागरिक भने अन्यत्र बसाईँ सर्न थालेको स्थानीयबासी मेवालाल बुढामगरले बताउनुभयो ।
मलइ गाउँका अधिकांश नागरिक कृषि पेशामा लागेका छन् । तर उनीहरूले गरेको कृषि कर्मबाट ६ महिना पनि खान पुग्दैन ।
त्यसैमाथि जङ्गली जनावरले सताउने गरेका कारण पनि स्थानीयबासीको बसाइँसर्ने क्रम बढेको हो ।
यो गाउँमा २०७१ सालतिर २ सय ८० घरधुरीको बसोबास थियो । तर पछिल्लो समय गाउँमा करिब १ सय ५० घरधुरीमात्रै बसोबास गर्ने गरेका स्थानीयबासी टोपबहादुर बस्नेतले बताउनुभयो ।
मलइ गाउँ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । गाउँमा यातायात, बिजुलीलगायतका सुविधा पुगे पनि निकुञ्जकै कारण स्थानीय बसाईँ सर्न बाध्य छन् ।
मलइमा अपेक्षाकृत विकास नभए पनि राज्यले सडक, बिजुली लगायतमा लगानी गरिरहेको छ । बस्तीमा विकास लैजान आपूmहरू लागिपरेको बबई गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो ।
निकुञ्जका कारण जङ्गली जनावरको आतङ्क र विकासका पूर्वाधार भरपर्दो नहुँदा नागरिकले बस्ती छोड्ने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१, १०:२५