नेपाल पत्रकार महासङ्घ सीआईएन प्रतिष्ठान शाखामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । बुधवार (आज) भएको शाखाको पाँचौ अधिवेशन तथा साधारण सभाले सुशिला श्रेष्ठको अध्यक्षतामा ९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सुनिल राजभारत, सचिवमा सजना तिमल्सिनालाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा पवन कुमार शाही सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यहरुमा दिपक आचार्य, लीलप्रकाश चन्द, लक्ष्मण कार्की, रश्मी श्री सिंह, अपेक्षा ढकाल रहेका छन् ।
प्रतिष्ठानबाट केन्द्रीय परिषद् सदस्यमा लक्ष्मी बस्नेत र प्रदेश परिषद् सदस्यमा शोबिता रिसाल र राजन रुचाल सर्वसम्मतीले निर्वाचित भएको निर्वाचन अधिकृत बाबुराम खड्काले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घको निर्वाचन यहि २८ गते शुक्रबार पर्सी हुँदैछ ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१, १७:३१