काठमाडौँ । वैदेशिक रोजगारीमा जाने २१ हजार युवालाई तालिम दिने सरकारले तयारी गरेको छ ।
सीप नसिकिकन वैदेशिक रोजगारीमा गएका युवामा विभिन्न समस्या भएर फर्कने गरेको भन्दै २१ हजार युवालाई तालिम दिने योजना बनाएको बैदशिक रोजगार बोर्डले जनाएको छ ।
सीआईएनसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी टिकाराम ढकालले तालिमका लागि इच्छुकले बोर्डमा सम्पर्क गर्न सक्ने बताउनुभयो ।
यसैबीच वैदेशिक रोगजार विभागले आउँदो बुधवारपछि वैदेशिक रोजगारीको लागि विदेश जानेहरुलाई दिइने अभिमुखीकरण तालिममा ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ सिष्टम लागु गर्ने भएको छ ।
विभागले यसअघि गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको भएपनि ढिलाई भएको हो । विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१, १०:३२